Logo

क्लबले संसदको भूमिका निर्वाह गरेको छ : लोहनी



काठमाडौं, २६ चैत । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले प्रेस स्वतन्त्रताको लागि धेरै ठूलो काम गरेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले १९ औं वार्षिकोत्सवको अवसमार आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष लोहनीले क्लबले देशका राजनीतिक समस्याको बारेमा मात्रै नभएर सामाजिक, साँस्कृतिक विषयवस्तुमा समेत केन्द्रित भएर बहस गरेको बताउँदै क्लबका सभापति ऋषि धमलाको खुलेरै प्रशंसा गरे ।

उनले अहिले नेपालमा फ्रिडम अफ प्रेसले जग हालिसकेको बताउँदै भने,‘आफ्ना विचार राख्नको लागि यहाँ रोकतोक छैन, नेपालको प्रेस स्वतन्त्रताको उपभोग भएको छ, आलोचना त सबैले गर्छन् ।’

उनले सामान्यतय देशको जिम्मेवारी, जनताको पीर मार्कालाई बाहिर ल्याउनको लागि क्लबले ठूलो भूमिका निर्वाह गरेको बताउँदै भने,‘सरकारलाई नियन्त्रण गर्नको लागि अहिले संसद छैन, समितिहरु छैनन्, तर देशको यर्थाथतलाई बाहिर ल्याउनको लागि सेवा क्लब यर यसको सभापति ऋषिजीले गर्नुभएको छ ।’ उनले क्लबलाई आगामी दिनमा पनि सफलता मिलोस भन्दै बधाई दिए ।



प्रतिक्रिया दिनुहोस्