Logo

प्रधानमन्त्री दाहालद्धारा पोखरेल सम्मानित



काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सफल युवा व्यवसायी एवम् गैरआवासीय नेपाली संघ –एनआरएनएका नेता पारसमणि पोखरेललाई सम्मान गरिएको छ ।

शनिबार काठमाडौंको राष्ट्रिय सभामा आयोजित विशेष कार्यक्रमकावीच पोखरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा सम्मान गरेका हुन् । पोखरेल जापानका प्रसिद्ध व्यवसायी हुन ।

उनले जापानमा सामिका ग्रुप अन्र्तर्गत विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । हालैमात्रै उनले सामिका सुपरमार्केटको सुरुवात गरेका छन् । पोखरेल एनआरएनए जापानका पूर्व अध्यक्ष समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्