Logo

ओली उपचारका लागि बैंकक प्रस्थान



काठमाडौँ, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । उनी नियमित उपचारका क्रममा बैंकक गएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए ।

उनी दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् । पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारका क्रममा बैँकक गएका थिए। उनी उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताए ।

मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहेका छन्



प्रतिक्रिया दिनुहोस्