Logo

म्यादी प्रहरीलाई पोसाकको साटो पैसा !



काठमाडौं २७ चैत । निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोसाक नपाउने भएका छन् । प्राय सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ ।

तर तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक उपलब्ध गराएको छैन ।त्यसको बदला तोकिएको रंगको कपडा किन्न नगदै वितरण गरिने तयारी थालिएको छ ।

एसपी प्रद्युम्न कार्कीले आइतबार या सोमबारबाट तालिम सुरु गरिने बताए । म्यादी छनोट र तालिमको काम सुरु हुनै लाग्दा त्यसका निम्ति बन्दोबस्तीका सामान र आवश्यक बजेट परिसरले पाएको छैन ।आजको कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्