Logo

संसदमा चेक काण्ड, ७६ लाखको चेक



काठमाडौं २७ चैत । सहकारी ऐनको मस्यौदा पारित गरी थाइल्यान्ड र कोरिया जाने तयारी गरेका सांसद्हरुले आफ्नो भ्रमण रद्द गरेका छन् ।गरिबी निवारण तथा सहकारी मन्त्रालयमाथि दबाब बढाएर विदेश भ्रमणमा जान लागेका संसद्को अर्थ समितिका नौजना सदस्यहरुले आफ्नो भ्रमण रद्द गरेका हुन् । भ्रमणका लागि मन्त्रालयबाट बुझेको ७६ लाख रुपैयाँसमेत उनीहरुले फिर्ता गरेका छन् ।

एमालेका गरिमा शाह, केदारप्रसाद सञ्जेल, कांग्रेसका कमला पन्त, जगदीशनरसिंह केसी, उदयशमशेर राणा, माओवादी केन्द्रका हरिलाल ज्ञवाली, फोरम लोकतान्त्रिकका डा. सुवोध पोखरेल र थरुहट तराइ पार्टी नेपालका गोपाल दहित अध्ययन भ्रमणमा जाने तयारीमा रहको तर भ्रमण अन्तिममा आएर रद्द भएको आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्