Logo

विषादी सेवनबाट महिलाको मृत्यु



गौशाला, २७ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरायसी विवादका कारण महिला सुदामाले खेतबारीमा किरा मार्न प्रयोग गर्ने नाम नखुलेको पाउडर (विषादी) घोलेर पिएपछि उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

शनिबार अबेर साँझ घरमा कोही नभएको मौका छोपी विषादी सेवन गरेकी सुदामा बेहोस भएपछि परिवारजनले चाल पाएको र उपचारको लागि भारतको सुरसण्डस्थित निजी क्लिनिकमा लगेकोमा उनको उपचारको क्रममा राति त्यही क्लिनिकमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक महिलाको शवलाई आज बिहान प्रहरीले उनको घरबाट परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ । रासस



प्रतिक्रिया दिनुहोस्