Logo

मन्त्रिपरिषद बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने



काठमाडौं, २७ चैत । लामो समयपछि आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापावीचको वरियताक्रमको विवादले लामो समयदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन्।

तर सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री निधिलाई वरियताक्रममा विवाद नगर्न आग्रह गरेपछि आज मन्त्रिपरिषद बैठक बस्ने पक्का भएको हो । यसअघि अर्का उपप्रधानमन्त्री कमल थापा र निधिवीच मर्यादाक्रमको विवाद सतहमा देखिएको थियो ।

आजको मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरीमा आईजीपी नियुक्तीबारे निर्णय हुने र नयाँ संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गर्ने रहेको छ ।



प्रतिक्रिया दिनुहोस्