Logo

खनाल लुसुक्क बालुवाटार छिरेपछि..



काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल हिजो  सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब डेढ घण्टा वान टु वान भेटवार्ता गरेको स्रोतले जनाएको छ ।

खनालले प्रधानमन्त्री दाहाललाई चुनाव गराउनको लागि अडिग भएर अघि बढ्न आग्रह गरेका थिए । खनालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाई चुनाव गराउनको लागि अघि बढ्नुहोस्, कोही नआएपनि चुनाव गर्नुपर्छ, तपाईलाई केही अप्ठ्यारो परे एमालेले काँध थाप्छ।’

जवाफमा प्रधानमन्त्री दाहालले आफू चुनाव गराउनको लागि पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले मधेशी मोर्चालाईपनि चुनावमा सहभागी गराउनको लागि आफूले सक्दो पहल गरिरहेको र उनीहरु नआएपनि चुनाव नरोकिने आश्वासन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्