Logo

गौरव र निशाको जुहारी



काठमाडौं २७ चैत । प्रदर्शन मिति तय भईनसकेको नेपाली चलचित्र ‘कुम्भकर्ण’को लोक लयमा तयार पारिएको गीत सार्वजनिक भएको छ ।

युट्युवमा सार्वजनिक गरिएको गीतको भिडियोमा मुख्य नायक गौरव पहारी र अभिनेत्री निशा अधिकारी, भोला सापकोटा, अभय बराल लगायत फिचरिङमा छन् ।

सार्वजनिक ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत रहेको छ ।

गीतमा मुख्य कलाकारहले दोहोरी गीत मार्फत पिरतिका कुरा गरेको पाईन्छ । यस चलचित्रमा भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको फिल्ममा लिड अभिनयमा छन् ।

दीपक वलीले चलचित्रलार्ई निर्देशन गरेका हुन् । फिल्मको सम्पुर्ण छायांकन प्युठानमा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्