Logo

विमानभित्रै महिलाले बच्चा जन्माएपछि



काठमाडौं, चैत ।४२ हजार फिटमाथि उडिरहेको विमानमा महिलाले जन्माइन बच्चाउडिरहेको विमान भित्रै एक महिलाले बच्चा जन्माएकी छन्। इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी एक महिलाले छोरी जन्माएकी हुन्। विमानले गिनीबाट उडान भरेको थियो।

नाफी २८ हप्ताकी गर्भवती थिइन्। उनलाई विमान उडेलगतै सुत्केरी बेथा लागेको थियो। सुत्केरी बेथाले च्यापेपछि विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेका थिए।

त्यती बेला विमान ४२ हजार फिटमाथि उडिरहेको थियो। आमा र कादिजु नाम गरेकी बालिकालाई बुर्किना फासोमा विमान अवतरण भएपछि अस्पताल पुर्याइएको थियो। अहिले दुवैको अवस्था सामान्य रहेको जनाइएको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्