Logo

आवधिक योजनाका उद्देश्य पूरा गर्न बाँकी



काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए पनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको ‘मुलुकको रणनीतिक दिशा’ विषयको कार्यशालाको उद्घाटन गर्दै उहाँले आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकी नै रहेको र वर्तमान समय मुलुक जनताको समृद्धिका लागि सामाजिक आर्थिक बलियो आधार बनाउने बेला हो भन्नुभयो ।

सन् २०३० सम्म नेपालले मध्यआय भएको मुलुकको सूचीमा पुग्ने उद्देश्य राखेको बताउँदै उहाँले त्यसका लागि उच्च आर्थिक वृद्धि, आर्थिक समानता र सन्तुलित विकास प्रक्रियाका समान अवसर हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री, पूर्वअर्थमन्त्री, अर्थविद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्य सचिव तथा मलेसियाको विकास प्रस्तुति व्यवस्थापन र वितरण एकाइका पदाधिकारी तथा विज्ञ सदस्यको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्