Logo

संविधानको प्रभावकारी कार्यान्वयन राष्ट्रको महत्वपूर्ण कार्यभार : सभामुख



सिन्धुली, २७ चैत । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ ।

सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनबाट नै जनताका अधिकार सुनिश्चित हुने भएकाले यसमा सबैको सहभागिता जरुरी रहेको बताउनुभयो ।

उहाँले संविधानमा उल्लेख गर्न नसकिएका विषय वार्ता र संवादको माध्यमबाट संविधान संशोधनको प्रक्रियाबाट हल गर्न सकिने बाटो समेत संविधानले दिएकामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न आवश्यक वातावरणको निर्माण गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले रेडक्रस कानुन निर्माणमा सरकार र सम्बन्धित पक्षको सकारात्मक सहयोग पुग्ने विश्वाससमेत उहाँले दिलाउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्