Logo

निधिको धम्कीपछि प्रचण्ड पछि हटे



काठमाडौं, २७ चैत । उपप्रधानमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धम्की दिएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित भएको खुलासा भएको छ ।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरियता विवादले झण्डै एक महिनादेखि बस्न नसकेको मन्त्रिपरिषदको बैठक आजको लागि बोलाईएको भएपनि फेरि पनि उपप्रधानमन्त्रीवीचको मर्यादाक्रमको विवादका कारण स्थगित भएकोे छ ।

प्रधानमन्त्रीले आज दिउँसो ३ बजेका लागि क्याविनेट बैठक बोलाएका थिए । आजको बैठकमा आईजीपी नियुक्ती र संविधान संशोधन प्रस्तावबारे महत्वपूर्ण निर्णय हुने भनेर प्रधानमन्त्री दाहालले हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सव कार्यक्रममा घोषणा गरेका थिए । तर उनको घोषणा टिक्न सकेन् ।

उपप्रधान एवम् गृहमन्त्री निधिले मर्यादाक्रममा आफूलाई नै दोस्रो वरियतामा राख्नको लागि प्रधानम्न्त्रीलाई चेतावनी दिए । उनले यस्तो चेतावनी दिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आज बस्ने भनेको बैठक स्थगित गरेर भोलि दिउँसो ३ बजेका लागि डोकेका छन ।

https://reportersnepal.com/2017/04/135282.html



प्रतिक्रिया दिनुहोस्