Logo

राष्ट्रपतिबाट विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल



काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग तराई–मधेसलगायत समसामयिक विषयमा छलफल गर्नुभएको हो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले अहिलेसम्म देशमा प्राप्त उपलब्धि संस्थागत गर्दै थप उपलब्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने तथा निर्वाचनमार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले क्षेत्रीयता र जातीयताभन्दा पनि समग्र राष्ट्रियताको भावनालाई अगाडि बढाउन बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने र त्यसका लागि बुद्धिजीवीले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा बुद्धिजीवीहरुले अझै पनि राजनीतिक अवस्था बिग्रिनसकेको हुँदा वार्ता र संवादमार्फत सहमति गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रपतिबाट पहल गरिदिन आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्