Logo

प्रधानमन्त्री प्रचण्डद्धारा पत्रकार कार्की सम्मानित



काठमाडौं, २७ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट कर्मचारी-२०७३ बाट क्लबका प्रतिनिधि एवम् रिपोर्टर्स नेपाल डटकमका रिपोर्टर ईश्वर कार्कीलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंको राष्ट्रिय सभामा आयोजित विशेष कार्यक्रमकावीच कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

कार्कीले क्लबमा अत्यन्तै मेहनत र लगनशील भएर काम गरेको र संस्थाको उचाई बढाउन महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको क्लबका सभापति ऋषि धमलाले जनाए । कार्की ओखलढुँगा रानीवनका स्थायीवासी हुन् भने हाल उनी काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्