Logo

अचानक निर्णायक भनिएको वार्ता रोकियो



काठमाडौं २८ चैत ।  आज हुने भनिएको निर्णायक वार्ता स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अचानक वैठक स्थगित गरेका छन् । बिहान १० बजेका लागि बैठक बोलाइएको थियो । निर्णायक वार्ता स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो दुईपटक मोर्चाका नेतासँग छुट्टाछुट्टै भेटगरेपछि प्रचण्डले आज बिहान १० बजे सरकारी निवास बालुवाटारमा निर्णायक वार्ताका लागि मोर्चाका नेताहरुलाई बोलाउनु भएको थियो ।

तर कांग्रेसका सभापति शेरबहादुर देउवा लगयातका नेताहरु बाहिर भएकाले छलफल स्थगित भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले मोर्चासँग कुनै छलफल नराखेको बताउनुभयो । मोर्चासँगको छलफलपछि आजै मन्त्रिपरिषद बैठकबाट नयाँ विधेयक अघि बढाइन बताइएको थिया ।

प्रधानमन्त्रीले हिजो संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमसपा अध्यक्ष महेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गर्नु भएको थियो । प्रधानमन्त्रीले तयार पारेको संशोधन विधेयक मस्यौदामा ५ बुँदा छन् । ती बुँदामा संघीय आयोगबाट सीमांकन मतभेद टुंग्याउने, राष्ट्रिय सभा, भाषा, नागरिकताजस्ता विषयमा यसअघिका प्रस्तावलाई निरन्तरता दिइने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्