Logo

आक्रमणमा ४५ जना मारिएपछि इजिप्टमा संकटकाल घोषणा



काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ ।

राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका हुन् उनले आतंककारीहरु विरुद्ध देशभर सेना परिचालन गरिएको समेत जनाएका छन् ।यता, इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिँदै इस्लामिक राज्य प्राप्तीको लडाइलाई जारी राख्ने जनाएको छ ।

आइतबार अलेकजेन्ड्रियाको स्थानीय चर्चामा गराइएको आत्मघाती आक्रमणमा प्राथनामा सहभागी ४५ जना मारिएका हुन् ।प्राथनामा सहभागी चर्चका पोप भने सुरक्षित रहेको जनाइएको छ । घटनाप्रति दुख ब्यक्त गर्दै इजिप्ट सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।(एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्