Logo

नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा सुरु (फोटोफिचर)



काठमाडौं, २८ चैत । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा आजवाट काठमाडौंमा सुरु भएको छ ।
सोमबार उक्त ५१ औं साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन समेत हुने यो साधारण सभामा भाग लिन महासंघका देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधी तथा पर्यवेक्षकहरु राजधानी आएका छन् ।

महासंघको विद्यान संसोधनपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष वन्ने भएकाले यो सभापछि अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको अध्यक्ष वन्दैछिन् । सोही कारण अहिले वरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिश्पर्धा हुदैछ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्