Logo

ज्योतिषीको ठोकुवा : ‘बैशाख ३१ मा निर्वाचन हुनै सक्दैन्’ (भिडियोसहित)



काठमाडौं, २८ चैत । ज्योतिषिहरुले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नहुने ठोकुवा गरेका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा बोल्दै ज्योतिषहरुले यस्तो दाबी गरेका हुन् । ज्योतिष डा.सुनिल सापकोटोले चुनावको मिति घोषणा गरेकै दिन आफूले चुनाव हुन नसक्ने दाबी गरको स्पष्ट पारे ।

पत्रकार धमलासँगको उक्त कार्यक्रममा डा. सापकोटाले भने,‘अहिले तोकिएको स्थानीय तहको निर्वाचन हुनै सक्दैन्, निर्वाचन बरु मंसिरमा हुन्छ।’ तर सोही कार्यक्रममा अर्का ज्योतिष बिहंगमराज तिमिल्सिनाले चाहीँ चुनाव हुन सक्ने तर त्यसको लागि शीर्ष नेताहरुले संकटमोचन गर्नुपर्ने सल्लाह दिएका छन् ।
त्यस्तै तिमिल्सनाले अबको प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवा हुने समते दाबी गरे । उनले भने,‘प्रचण्ड लगत्तै अब प्रधानमन्त्री देउवा हुन्छ, अहिले ओलीको संभावना छैन ।’’

उनले अब मुलुकमा प्रलय नआउने बताएका छन् । त्यस्तै उनले मुलुकमा अब विवाद नहुने, अप्रिय घट्ना समेत नघटने बताए ।



प्रतिक्रिया दिनुहोस्