Logo

आजै आईजीपी नियुक्त हुँदै, प्रमुख दाबेदारमा अर्याल र सिलवाल



काठमाडौं, २८ चैत । एक महिना लामो समयपछि बस्न लागेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको आईजीपी नियुक्तिको तयारी गरेको छ ।

सरकारका एक मन्त्रीका अुनसार आईजीपी आजै नियुक्त गर्ने सरकारको तयारी रहेकोछ । सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको तीन मन्त्रीले जानकारी दिए ।

कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख रहेका छन् । कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी प्रहरीको नयाँ प्रमुख बन्नेछ । आईजीपीका लागि डीआईजी नवराज सिलवाल र प्रकाश अर्याल प्रमुख दावेदारका रुपमा हेरिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापासहित २० भन्दा बढी मन्त्रीहरूको उपस्थिती रहेको छ । तर गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि बैठकमा उपस्थित भएका छैनन्।

बैठककालागि भन्दै प्रधानमन्त्री दाहाल चार बजे नै कार्यालय प्रवेश गरेका थिए। गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि उपस्थित नभएपछि गृहसचिव लोकदर्शन रेग्मीले प्रहरी प्रमुख नियुक्ती सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका छन् ।

वरियता क्रममा दोस्रो स्थान पाएका उपप्रधानमन्त्री कमल थापा प्रधानमन्त्रीको दायाँतिर शुरुमै बसेका छन् । यस अघि यस ठाउँमा गृह एवं उपप्रधानमन्त्री विमलेन्द्र निधि बस्दै आएका थिए । वरियता क्रममा दोस्रो स्थान नपाएको भन्दै उपप्रधानमन्त्री विमलेन्द्र निधिले आजको बैठक बहिष्कार गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्