Logo

सरकारले ल्यायो नयाँ संविधान संशोधन विद्येयक, भोलि संसदमा दर्ता गर्ने



काठमाडौं, २८ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव भोलि दर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूरानो संशोधन विद्येयक फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो । पूरानो प्रस्तावमा उल्लेख भएको सिमांकन हेरफेरको विषय अर्थात प्रदेश नम्बर ४ को सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संशोधन फिर्ता लिएको कानूनमन्त्री अजयशंकर नायकले जानकारी दिए ।

त्यस्तै सरकारले सीमांकनलाई संघीय आयोग गठन गरेर टुंगो लगाउने गरी नयाँ संशोधन अघि बढाउने निर्णय गरेको मन्त्री नायकले बताए । अहिले भने नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व सम्वन्धी तीन विषय समेटेर पुरानै प्रस्ताव अघि बढाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्