Logo

मधेशमा स्थानीय तहको संख्या थप्न कमल थापाको नेतृत्वमा नयाँ समिति गठन



काठमाडौं, २८ चैत । सरकारले मधेशमा स्थानीय तहको संख्या थप्नको लागि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा एक समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । समितिमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र कानूनमन्त्री अजयशंकर नायक रहेका छन् ।

समितिलाई तीन दिनभित्र सुझाव दिन समेत सरकारले निर्देशन दिएको छ । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सरकारले यस्तो निर्णय गरेको हो । मधेशी मोर्चालाई समेत चुनावमा सहभागी गराउनको लागि सरकारले यस्तो प्रयत्न गरेको हो ।



प्रतिक्रिया दिनुहोस्