Logo

पूर्वराजा ज्ञानेन्द्र छोरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा



काठमाडौँ, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा शाहको स्वास्थ्य अवस्था बुझ्न आज साँझ थापाथलीस्थित नर्भिक अस्पताल जानुभएको छ ।

गत शुक्रबार मस्तिष्कमा समस्या देखिएपछि प्रेरणालाई सोही अस्पतालमा राखेर उपचार गरिएकामा अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँको उपचारमा डा पङ्कज जलानको समूह संलग्न छ । रासस तस्विर : ईकान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्