Logo

नयाँ संसोधन संसदमा जादै, पुरानो फर्काइदै



काठमाडौं २९ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव आज दर्ता गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले यसअघि संसद्मा प्रस्तुत संशोधन विधेयकको सीमांकनसम्बन्धी व्यवस्थालाई हटाएर नयाँ प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । सरकारले आठ विषयमा संशोधन गर्ने गरी प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । आठ विषयमध्ये यसअघिको विधेयकमै रहेका नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई जस्ताको तस्तै राखिएको छ ।

राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुखरउपप्रमुखको प्रतिनिधित्वलाई हटाउने र प्रदेशको सीमांकन हेरफेर गर्ने सम्बन्धमा धारा २७४ लाई संशोधन गर्ने विषय संशोधनमा थपिएका छन् । सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार आज पुरानो संविधान संशोधन फिर्ता लिनेछ भने त्यसको सट्टामा नयाँ प्रस्ताव दर्ता गर्नेछ । संशोधन विधेयकमा प्रदेशको सीमांकन हेरफेर गर्न अधिकारसम्पन्न संघीय आयोग गठन गर्ने उल्लेख छ । सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले जुटाएको सहमतिअनुसार नै संशोधन विधेयक प्रस्ताव पेस गर्ने निर्णय भएको हो । पूरानो प्रस्तावमा उल्लेख भएको सिमांकन हेरफेरको विषय अर्थात प्रदेश नम्बर ४ को सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संशोधन फिर्ता लिएको कानूनमन्त्री अजयशंकर नायकले जानकारी दिए ।

त्यस्तै सरकारले सीमांकनलाई संघीय आयोग गठन गरेर टुंगो लगाउने गरी नयाँ संशोधन अघि बढाउने निर्णय गरेको मन्त्री नायकले बताए ।



प्रतिक्रिया दिनुहोस्