Logo

अमेरिकाले युद्धपोत तैनाथ गरेपछि, युद्धका लागि तयार रहेको उत्तर कोरियाको प्रतिक्रिया



उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार उत्तर कोरिया आफ्नो शक्तिशाली हतियारका माध्यमबाट देशको रक्षा गर्न सक्षम छ ।

उत्तर कोरिया जस्तोसूकै चुनौती सामना गर्न तयार रहेको पनि उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । उत्तर कोरियाले परमाणु हतियारसमेत अन्य आधुनिक हतियार विकास गर्नु सही थियो भन्ने तथ्य अहिले कोरियाली द्वीपमा अमेरिकी युद्धपोत तैनाथ हुनुले पनि प्रष्ट पारेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

तर अमेरिकाले भने आफ्नो हितको रक्षा तथा क्षेत्रीय शान्तिका लागि भन्दै युद्धपोत तयार गरेको हो । (एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्