
नेपालगन्ज, २९ चैत । नेपाल रेडक्रस सोसाइटीले बाँके जिल्लाका आगलागी प्रभावित परिवारलाई सोमबार सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।
गत आइतबार सो गाविसको वडा नं ७ वसन्तपुरमा आगलागी हुँदा आठ घरपरिवारका २१ महिला २७ पुरुष प्रभावित भएका थिए ।
रेडक्रसले आगलागी प्रभावित प्रतिपरिवारलाई त्रिपाल, कम्बल, भाँडा सेट, कपडा, बाल्टी र त्रिपाल तान्ने डोरी वितरण गरेको थियो । रासस