Logo

आईजीपी नियुक्तीले सर्वोच्चको फैसलाको सम्मान गरेको छ : प्रधानमन्त्री



काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी नियुक्तिमा सर्वोच्चको फैसलाको सम्मान भएको स्पष्ट पारेका छन् ।

संसदको सुशासन समितिको बैठकमा मंगलबार उपस्थित भएका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले ढिलै भएपनि अदालतको फैसलाको सम्मान हुनेगरि नयाँ आईजीपी नियुक्त गरेको बताए ।

प्रधानमन्त्री दाहालले भने,‘हुन त आईजीपी नियुक्ती गर्न केही ढिला भएकै हो, तर, सरकारले जुन प्रक्रियाले आईजीपी नियुक्त गरेको छ, यसले अदालतको फैसलालाई सम्मान गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्