Logo

आइपिएल : किंग्स इलाभे पञ्जाबको लगातार दोस्रो जित



काठमाडौं, २९ चैत। । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

सोमबार राति इन्दौरमा भएको खेलमा बैंग्लोरले दिएको १४९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ विकेटको जित निकालेको हो। बैंग्लोरले दिएको १४९ रनको लक्ष्य पछ्याएको पञ्जाबले १४ दशमलव तीन ओभरमै भेट्टायोे । बैंग्लोर गएको वर्षको उपविजेता टोली हो।

जितका लागि हशिम अमलाले नटआउट ५८, कप्तान ग्लेन म्याक्सवेलले नटआउट ४३ तथा मनन वोहराले ३४ रन बनाए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो। मन्दिप सिंहले २८ तथा स्टुआर्ट बिन्नीले नटआउट १८ रन बनाए पनि अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पञ्जाबका वरुण आरोनले दुई विकेट लिए। लगातार दुई खेल जितेको पञ्जाब चार अंकसहित दोस्रो स्थानमा छ। तीन खेलमा एक खेल मात्रै जितेको बैंग्लोर दुई अंकसहित छैटौं स्थानमा छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्