Logo

उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान सुरु



काठमाडौं, २९ चैत । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि विहानैवाट मतदान सुरु भएको छ ।

तोकिएको समयभन्दा करिव एक घण्टा ढिला गरि मतदान सुरु भएको हो । महासंघको एक वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर र वस्तुगत उपाध्यक्ष सहित अन्य सदस्य पदका लागि मतदान भइरहेको छ ।

एसोसिएट उपाध्यक्षमा यसअघिनै चन्द्र ढकाल निर्विरोध निर्वा्चित भइसकेका छन् । वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोरकुमार प्रधान चुनावी मैदानमा छन् । दुवै उम्मेदवार आफ्नो जित निश्चित रहेको भन्दै निर्धक्क रुपमा आफुलाई प्रस्तुत गरिरहेका छन् ।

आज दिउँसो सकिने मतदानको साँझ सम्ममा नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्