Logo

नयाँ संशोधन विद्येयक पारित हुने प्रधानमन्त्रीको ठोकुवा



अख्तियार प्रमुख नियुक्तिको लागि बैठक राख्ने
काठमाडौं, २९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका नेताहरुसँग समेत आवश्यक परामर्शमा संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएकाले पारित हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार बिहान संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रधानमन्त्रीले सकेसम्म सबैको भावना समेट्ने र सहमति जुट्ने गरी संविधान संशोधनको दोस्रो प्रस्ताव तयार गरिएकाले यसलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले प्रस्तावित विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धन पनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको बताउँदै आगामी वैशाख ३१ गते हुने चुनाव भने नसारिने स्पष्ट पारे ।

उनले अख्तियार प्रमुखको नियुक्तिका लागि संबैधानिक परिषदको बैठक राख्न आफूले पहल गर्ने पनि बताए । उनले आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी नहुने सुनिश्चित गर्न मूल्यांकन विधि नै नयाँ बनाउने पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्