Logo

नयाँ संशोधन विद्येयक : मधेशी मोर्चा पर्ख र हेरको रणनीतिमा



काठमाडौं, २९ चैत । सरकारले आज पूरानो संशोधन प्रस्ताव फिर्ता गरेर नयाँ संशोधन प्रस्ताव दर्ता गर्दैछ । तर मोर्चाले अब उक्त नयाँ प्रस्तावलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय बाहिर आएको छैन् ।

मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै नयाँ संशोधन प्रस्ताव दर्ता गर्दैछ । नयाँ संशोधन प्रस्ताव आजै संसद सचिवालयमा दर्ता गर्ने सरकारी तयारी छ ।
नयाँ प्रस्तावलाई तपाईहरु के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मोर्चाका शीर्ष नेता हृदेश त्रिपाठीले अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नै नभएको जिकिर गरे। उनले भने,‘मैले त अहिलेसम्म प्रस्ताव हेरेको नै छैन, बरु मिल्छ भने एक प्रति पठाईदिनुहोस् ।’

त्यस्तै नयाँ विद्येयकबारे धारणा बुझ्न खोज्दा मोर्चाका नेता अनिल झाले पनि अहिलेसम्म प्रस्ताव नै आफूहरुले नहेरेको स्पष्ट पारे । यसअघि गत मंसिर १४ गते ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रीपरिषद्को निर्णय थियो । पहिलो प्रस्ताव स्वीकार नगरेको मोर्चाले सरकारले तयार पारेको नयाँ प्रस्तावमा सहमति दिन्छ कि दिँदैन ? प्रस्ताव पास वा फेल हुने भन्ने भविष्य यसैमा निश्चित हुनेछ ।

प्रस्तावमा सीमांकनसम्बन्धी विवाद आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ । मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले आयोगमार्फत सिमांकन सम्बन्धी विवाद समाधान गर्नेगरी नयाँ संविधान संशोधन विधेयक संसदमा पेश गर्ने औपचारिक निर्णय गरेको हो ।

नयाँ प्रस्तावबारे के गर्ने भन्नेबारे मोर्चाको बैठक आज र भोलिभित्रै बस्ने नेता झाले जानकारी दिए । मोर्चाका शीर्ष नेताहरु राजधानीबाहिर रहेकोले आजसम्म काठमाडौं आउने कार्यक्रम रहेकोले बैठक साँझमा वा भोलि विहानसम्म बस्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्