Logo

पूरानो संविधान संशोधन प्रस्ताव फिर्ता



काठमाडौं, २९ चैत । व्यवस्थापिका–संसदको मंगलबारको बैठक वैशाख आगामी बैशाख ७ गते बस्ने गरी सम्पन्न भएको छ।

मंगलबारको बैठकमा सरकारले यसअघि संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गरेको छ । तर संविधान संशोधनको नयाँ प्रस्तावको विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बहिष्कार गर्यो।

मोर्चाले नयाँ संशोधन विधेयक दर्ता गर्ने बेला संसद बहिष्कार गरेको थिएन। संशोधन प्रस्तावमाथिको छलफलमा समेत भाग लिएको थियो। पछि मोर्चाका सबै सांसद बैठकबाट बाहिरिएका थिए।

बैठकमा बोल्दै तमलोपाका नेता कबल अहमद शाहले सीमांकनको एजेन्डा छाडेर ल्याइएको संशोधन प्रस्ताव सर्वस्वीकार्य नहुने बताए। मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले आयोगमार्फत सीमांकन विवाद समाधान गर्ने गरी नयाँ संविधान संशोधन विधेयक संसदमा पेस गरेको हो।

नयाँ प्रस्तावमा सीमांकनसम्बन्धि विवाद आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ। त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव गरेको छ। भाषा र नागरिकतामा भने पुरानै व्यवस्था कायम गरिएको छ।



प्रतिक्रिया दिनुहोस्