Logo

‘आइजी नियुक्ति गर्ने बैठकमा गृहमन्त्री नगएर कहीँ नभएको जात्रा भयो ’: एमाले



काठमाडौं, २९ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंगलबार पूरानो संविधान संशोधन विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा मौन बसेको छ।

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) नियुक्ति क्रममा सरकार र यसअघि सर्वोच्च अदालतले उल्लेख गरेको कार्यसम्पादन मूल्यांकन अंक फरक परेको भन्दै एमालेले सरकारसँग जवाफ मागेको छ।

संसदको मंगलबारको बैठकमा एमाले सांसद रवीन्द्र अधिकारीले आइजिपीका दाबेदार डिआइजीहरुले पाएको कार्यसम्पादन मूल्यांकन अंक सरकार र सर्वोच्चबाट कसरी फरक–फरक आयो भन्दै सरकारसँग जवाफ मागेका हुन्।

सरकारले सोमबार सार्वजनिक गरेको मूल्यांकन अंकमा प्रकाश अर्याल अगाडि छन्। यही आधारमा मन्त्रिपरिषदको सोमबार साँझको बैठकले अर्याललाई आइजिपी नियुक्त गरेको हो।

उनले भने,‘आइजी नियुक्ति गर्ने बैठकमा गृहमन्त्री नगएर कहीँ नभएको जात्रा सिंहदरबारमा र बालुवाटारमा भयो ।’
सरकारले यो विषयमा जवाफ नदिएसम्म संसद सुचारु हुन नदिने चेतावनी दिएपछि एमाले सांसदहरू आफ्ना स्थानबाट उठेका थिए।



प्रतिक्रिया दिनुहोस्