Logo

स्थानीय चुनावपछि विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, चैत २९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावपछि गाउँको विकास र सम्वृद्धिले गति लिने बताएका छन् ।

मंगलबार दिउसो बलम्बुमा चन्द्रागिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले तोकिएकै मितिमै चुनाव हुने भन्दै त्यसका लागि सबैको सहयोग अपरीहार्य भएको बताए ।

उनले चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्रीले चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताए ।

प्रधानमन्त्रीले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सिघ्र निर्माण गर्न सम्वन्धित निकायलाई निर्देशन दिइने वताए ।



प्रतिक्रिया दिनुहोस्