Logo

उद्योग वाणिज्य महासंघको चुनाव, मतपरिणाम आउने क्रम जारी



बरिष्ठ उपाध्यक्षमा गोल्छा अगाडि

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनमा नेतृत्वको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार जिल्ला नगर तर्फको केन्द्रीय सदस्य पदको मतगणना पनि सकिएको छ।

निर्वाचन समितिका अनुसार जिल्ला नगर तर्फका केन्द्रीय सदस्यमा उमेश डालमिया ८९. सुरकृष्ण वैद्य ८५, राजन श्रेष्ठ ८१, मनिषलाल प्रधान ८०, कृष्णप्रसाद शर्मा ७७, दीपक लम्साल ७७, कृष्णप्रसाद श्रेष्ठ नेपालगन्ज ७७ र कृष्णप्रसाद श्रेष्ठ अर्घाखाँची ७७ मत ल्याएर निर्वा्चित भएका छन्।

त्यस्तै धुर्वराज श्रेष्ठ भारी ७३, राजेन्द्रकुमार श्रेष्ठ ७२, दिलसुन्दर श्रेष्ठ ७२, निरक केसी ७०, किशोरकुमार आचार्य ६७, सुरेन्द्रप्रसाद श्रेष्ठ ६७, चन्द्रकान्त अधिकारी ६४, राजकुमार न्यौपाने ६२, कल्याण जोशी ६०, मत ल्याएर केन्द्रीय सदस्यमा निर्वा्चित भएका छन्।

त्यस्तै ५७ मत ल्याएका देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीमध्ये गोलाप्रथाबाट एक जना केन्द्रीय सदस्य निर्वा्चित हुने निर्वाचन समितिले जनाएको छ।
महासंघको जिल्ला नगर तर्फको केन्द्रीय सदस्य चयनका लागि १ सय ४ जनाले मतदान गरेका थिए।

नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। वस्तुगत अन्तर्गत २७ उम्मेद्वारमध्ये अञ्जन श्रेष्ठले सर्वाधिक ७३ मत ल्याएका छन्। वस्तुगतबाट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ चुनिएका छन्। उनले ४७ मत ल्याएका छन्।

उनी शेखर गोल्छा समूहबाट विजयी भएका हुन्। श्रेष्ठले किशोरकुमार प्रधान समूहका शंकर पाण्डेयलाई पराजित गरेका हुन्। उनले पाण्डेयभन्दा ९ चार मत बढि ल्याएका छन्।

अधिकांशको मत परिणाम बराबर आएको छ।निर्वाचित हुन चाहिने मतमध्ये कोही पनि दुई जनाको बराबरी मत आएमा उनीहरुमध्ये गोलाप्रथा भएर एक जना कार्यसमितिमा जाने छन्।

यस्तो छ मत परिणाम : वस्तुगत अन्तर्गत

-९९ गन्दा बस्तुगत बदर

-अन्जन क्षेष्ठ ७३

-सन्दिप कुमार अग्रवाल ७१

-शिवप्रसाद घिमिरे ५९

-प्रकाशसिंह कार्की ६१
-शकुन्तलाल हिराचन ६१

-आकाश अधिकारी ५६

-विनोद ढकाल ५५

-तुलसिराज गिरि ५३

-कमला श्रेष्ठ ५२
-जयप्रसाद शिवाकोटी ५२

-तिलचन्द्र भट्टराइ ५१
-सुरेन्द्र कुमार श्रेष्ठ ५१

– हेमराज ढकाल ५१

-खेमराज पन्त ५०
-नरेशलाल श्रेष्ठ ५०
-सुनिल गोपाल श्रेष्ठ ५०
– रविन कुमार श्रेष्ठ ५०

– गोविन्द घिमिरे ४८
-हेमरतन्न शाक्य ४८

-हंसराज वाग्ले ४६
-सन्तोष श्रेष्ठ ४६

-लोकनाथ ग‌ैरे ३८

-चण्ढीराज अर्याल ३६
-दिपक बहादुर शाहि ३६



प्रतिक्रिया दिनुहोस्