Logo

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



रत्ननगर (चितवन), २९ चैत । चितवनको रत्ननगरस्थित खगेरी पुलमा आज अपराह्न बोलेरोको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको बा१०च ४६०० नंको बोलेरोले सोही दिशातर्फ जाँदै गरेको ना३८प १२२९ नंको मोटरसाइकल र बा८१प ४०५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

रत्ननगर नगरपालिका–९ स्थित खगेरी पुलमा आज अपराह्न ४ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा परी ना३८प १२२९ नंको मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको छ । उनको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

अर्काे बा८१प ४०५६ नंको मोटरसाइकलका चालकसमेत गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बोलेरो नियन्त्रणमा भए पनि चालक भने फरार भएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्