Logo

संस्कृतिको रक्षा गरेमात्र मुलुक समृद्ध हुन्छ : मन्त्री गिरी



काठमाडौँ, २९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री दिलनाथ गिरीले संस्कृतिको रक्षा गरेर अगाडि बढेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।

पाल्पाको रामजानकी मन्दिर विकास समितिको प्रतिनिधिमण्डलसँग मन्त्री गिरीले मुलुकको पहिचान भनेको हिन्दु राष्ट्र भएको भन्दै आफ्नो पहिचान जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिचान कमजोर भयो भने मुलुक कमजोर हुन्छ ।”

मन्त्री गिरीले ९४ प्रतिशत हिन्दू रहेको मुलुकलाई धर्म निरपेक्षता बनाउनु दुःखद् भएको बताउनुभयो । उहाँले सांस्कृतिक क्षेत्रको रक्षा भए पर्यटन क्षेत्रको विकास सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका मठमन्दिर हेर्न बर्सेनि हजारौँ पर्यटक नेपाल आउँछन् त्यसैले यसको रक्षा गर्नु जरुरी छ ।”रासस



प्रतिक्रिया दिनुहोस्