Logo

सिद्धिचरण पुरस्कार दिवसलाई



 

काठमाडौँ, ३० चैत । युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’ वरिष्ठ कवि तुल्सी दिवसलाई प्रदान गर्ने भएको छ ।

रु एक लाख राशिको सो पुरस्कार आगामी वैशाख ९ गते सिद्धिचरणको जन्मदिनमा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको युवा पत्रकारिता पुरस्कार जयदेव भट्टराई, पुष्पहरि क्याम्पराई, नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ विगत तीन वर्षदेखि स्थगित भएको सो पुरस्कार यसवर्ष एकै पटक तीनजनालाई प्रदान गर्न लागिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्