Logo

संंविधान संशोधन प्रस्ताववारे धारणा बनाउन मोर्चाको बैठक सुरु



काठमाडौं, २९ चैत । सरकारले मंगलबार अर्को नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रस्तावबारे धारणा बनाउनको लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सुरु भएको छ ।

बुधबार तमलोपान कार्यालयमा जारी मोर्चाको बैठकले सरकारले संसदमा दर्ता गरेको नयाँ संशोधन प्रस्तावबारे छलफल गरिरहेको मोर्चाका एक नेता जानकारी दिए ।

सरकारले नयाँ संशोधन प्रस्ताव मधेसी मोर्चा र एमालेलाई समेत मान्य हुने दाबी गरेपनि मधेसी मोर्चाका नेताहरु सरकारको नयाँ प्रस्तावप्रति पनि सकारात्मक देखिएका छ्रैनन् । उता, एमालेले पनि स्थानीय तहको अधिकार कटौती गरी ल्याइएको संशोधनको औचित्य नभएको बताएको छ ।

सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसदले गर्ने गरी संविधान संशोधन गर्ने गरी नयाँ ११ बँुदे प्रस्ताव ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्