Logo

राष्ट्रपति भण्डारीको भारत भ्रमण तय



काठमाडौं, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ४ गते भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक घोषणा गरेको हो । भारतीय समकक्षी प्रणव मुखर्जीको विशेष निमन्त्रणामा राष्ट्रपति भण्डारी ५ दिन लामो भारत भ्रमणमा जान लाग्नुभएको हो ।

पाँच दिने भ्रमणका क्रममा राष्ट्रपतिले भारतीय समकक्षीका साथै प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य सरकारी अधिकारीहरुसंग भेट गर्ने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बैसाख ५ गते राष्ट्रपति भवनमा आयोजित रिसेप्सनमा सहभागी हुने तथा ’गार्ड अफ अनर’ लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भण्डारीको सम्मानमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दिवाभोजको पनि आयोजना गर्नुहुनेछ । भण्डारीले गुजरात र ओडिसाको समेत भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्