Logo

मधेसी मोर्चा फेरि आन्दोलनमा



काठमाडौं ३१ चैत । संविधान संसोधनको माग राखेर सरकारसँग वार्तामा रहेका मधेसी मोर्चा वार्ता छाडेर आनदोलनमा जाने भएको छ । मोर्चाले स्थानिय तहको चुनाव पन बहिष्कार गर्ने निर्णय गरेको छ । आन्दोललनका कार्यक्रमका विषयमा छलफल गर्न बिहीबार पनि बैठक बसदैछ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले हिजो मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकन लगायत माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो ।

सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरे पनि मधेसवादी घटकहरुले त्यो कुरा अस्वीकार गर्दै मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरिएको तमलोपा सहमहामन्त्री सुरेन्द्र झाले  बताए ।  आजको बैठकमा सात घटक मधेसवादीमध्ये ६ दलका अध्यक्ष सहभागी थिए । राष्ट्रिय मधेय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने उपत्यका बाहिर छन् ।



प्रतिक्रिया दिनुहोस्