Logo

ट्याक्सीभित्रै महिलाद्वारा ड्राइभरमाथि बलात्कार



काठमाडौं ३१ चैत । अमेरिकाको ओहायोमा ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा २३ वर्षीया ब्रिटिनी कार्टर रहेकी छन् । उनीमाथि चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोप लगाइएको छ । बलात्कारपछि उयनले केटासाथीसँग मिलेर ड्राइभरको साथबाट ३२ डलर पनि लुटेको आरोप लागेको छ ।

प्रहरीका अनुसार ती युवतीले गत २८ जनवरीमा ट्याक्सी बोलाएकी थिइन् । ट्याक्सीमा ती युवती र उनका केटासाथी बसेका थिए । बीच बाटोमा पुगेपछि उनले ट्याक्सीभित्रै ड्राइभरमाथि बलात्कार गरेकी थिइन् । बलात्कार गर्ने क्रममा उनका केटा साथीले ड्राइभरको घाँटीमा चक्कु तेस्र्याएको र उनले ड्राइभरलाई बलात्कार गरेको जनाएको छ ।

प्रहरीले पैसा लुट्नका लागि ड्राइभरको बलात्कार गरेको हुन सक्ने बताएको छ । ड्राइभरले प्रहरी चौकीमा आफू बलात्कारमा परेको उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो । उजुरी परेको केही दिनमै प्रहरीले ती युवती र उनका केटा साथीलाई पक्राउ गर्न सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्