Logo

मोर्चालाई छाडेर सरकार चुनावा अघि बढ्ने



काठमाडौं ३१ चैत । सरकारले मधेसी मोर्चा नआएपनि चुनाव नरोक्ने भएको छ । तर मोर्चा सहमतिमा आए मधेसमा दोस्रो चरणमा गर्न सकिने सरकारको तयारी छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले संयुक्त मधेसी मोर्चाले स्थानीय निर्वाचनमा भाग नलिए पनि निर्वाचन हुने बताएका छन्। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै खनालले मोर्चा अब चुनावमा नआएपनि देश चुनावा अघि बढ्ने बताए ।

‘निर्वाचन रोक्न ठूलै धमका भए मात्र नत्र त अब निर्वाचनलाई कसैले रोक्न सक्दैन’ खनालले भने, ‘तर मोर्चा सहमति आए दोस्रो चरणमा गर्नेमा सोच्न सकिन्छ।’ उनले मोर्चाले भनेको सबै माग जस्ताको तस्तै पुरा हुन नसकिने बताए । उनले मोर्चालाई सरकारले नझुक्याएको पनि उनले दावी गरे । ‘अब स्थानिय चुनावमा सरकार अघि बढीसकेको छ’ उनले भने, ‘मोर्चाको माग अनुसार संविधान संसोधन पनि अघि बढ्ने र चुनाव पनि नरोकिने गरि सरकार अघि बढेको छ ।’

‘मोर्चाका नेताहरु पनि चुनावमा आउनुहुन्छ उहाँपनि जनताकै प्रतिनीध हो’ उनले भने ‘आएनन भनेपनि चुनाव त हुन्छ । ’ अधिकतम् सहमतिको आधारमा चुनावमा जान प्रयास गरिरहँदा मधेसी मोर्चा बाधक बन्न नहुने उनको भनाई छ । सरकार चेपुवामा परेको भने उनले स्वीकार गरे ।



प्रतिक्रिया दिनुहोस्