Logo

पत्रकारहरुले नै घेराउ गरे पत्रकार महासंघ



बृजमान तामाङ ÷काठमाण्डौ ३१ चैत । सप्तरी पत्रकार महासंघमा अबैधानिक हस्तक्षेप बन्द गर्न र बिधान सम्मत ढंगले जिल्ला अधिबेशन सम्पन्न गर्न माँग राखी सप्तरीका पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा बिहिबार दोश्रो दिन पनि तालाबन्दी सहित धर्ना बसेका छन । नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रबण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी सहित धर्ना बसेका हुन । स्थानियस्तरमा बिभिन्न चरणमा आन्दोलन गर्दे आएपनि महासंघको केन्द्रिय समिती र क्षेत्रिय समितीले जिम्मेवारीपना नदेखाएपछि सप्तरीका पत्रकारहरु राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

महासंघ केन्द्रिय कार्यालयमा सप्तरीका पत्रकारहरुले तालाबन्दी गर्न खोजेपछि केन्द्रिय कार्यालयका कर्मचारीहरुले केहीबेर रोक्न खोजेका थिए । तर पत्रकारहरुले महासंघ केन्द्रिय कार्यालय अगाडी नारावाजी सहित प्रर्दशन चर्काएपछि केन्द्रिय कार्यालयका कर्मचारीहरु बाहिर निस्केका थिए । लगतै केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गर्दे धर्ना सुरु भएको थियो । धर्नामा कार्यबाहक अध्यक्ष देब, सह सचिब सुधा देब, कार्य समिती सदस्यहरु भुषण सिंह, चन्दन यादब, बृजमान तामाङ, राज कुमार पासवान बसेका छन । यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्का, प्रेस यूनियनका केन्द्रिय सदस्य अबधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष देबराम यादब, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यबाहक अध्यक्ष राम नारायण बिश्वास, संघीय प्रेस फोरम नेपालका केन्द्रिय सदस्य बैद्यनाथ यादब,सप्तरीका सचिब जितेन्द्र कुमार झा, कोषध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल लगायतका रहेका छन । माँग संबोधन नभए सम्म धर्ना जारी राख्ने महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष देबले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णय,दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पुर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खडगाले बताए । ‘पत्रकार महासंघलाई राजनैतिक दलको भातृ संगठनको रुपमा वनाउन खोजियो’नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अबधेशकुमार झाले भने,‘पत्रकार महासंघ कुनै दल बिशेषको भातृ संगठन होइन्,नेपाली पत्रकारको साझा थलोको रुपमा बिकसित हुनुपर्ने मागका साथ हामी राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौ ।’



प्रतिक्रिया दिनुहोस्