Logo

विकासको इन्जेक्सनले मात्र देश बन्ने : भण्डारी



कौरव खत्री, चैत्र ३१ गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले राजनीतिक इन्जेक्सनले यो मुलुक बन्न नसक्ने भन्दै देश बनाउने इन्जेक्सन भनेको विकासकै इन्जेक्सन पहिलो र सबै भन्दा ठूलो इन्जेक्सन भएकोले देश बनाउन सकिने विकासकै इन्जेक्सनले मात्र देश बनाउन सकिने बताउनु भएको छ ।

संविधान कार्यान्वयनमा ठूला दल एकजुट हुनु पर्ने बताउनु भयो । गुल्मीको वामीमा मुसिकोट नगरपालिकामा भएको बृहत आम सभालाई सम्वोधन गदै प्रमुख अतिथि भण्डारीले आफ्नो नेतृत्वमा भएका सबै कामहरु आफूले गरेको नभई सबै जनताहरुले गरेको बताउनु भयो ।

अव हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गदै अवको चुनाव जिताए मात्र जनताहरुले धेरै उपहारहरु पाउने र त्योे जित देश र जनताको हुने बताउनु भयो ।

उहाँले आफूलाई जनताहरुले नजिताएको भए आफूले केहि गर्न नसक्ने भन्दै जनताहरुले जिताएको कारण आफूले यति गर्न सकेको बताउनुभयो ।साथै उहाँले देशमा काँगे्रसले जिते मात्र विकासको मुल फुटाउने र हरेक समस्याको निकास दिन काग्रेसले सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो विसौ बर्ष यस क्षेत्रबाट चुनाव जितेका नेताले केहि काम गर्न नसक्ने तर अहिले आफूले गरेको कामको गलत पचार नर्गन आग्रह गदै सके जनताका काम गरेर देखाउन चुनौती दिनुभयो । साथै सांसद भण्डारीले आफ्नो तलवले गरिव, विपन्न र असहाय बर्गहरुलाई सहयोग गदै आएको कुरा उल्लेख गर्नुभयो ।

नेता भण्डारीले जनताहरुलाई कसैको भ्रममा नपर्न आग्रह गनुभयो । साथै आमसभामा विभिन्न पार्टी परित्याग गरि करिव २ सय १५ जना भन्दा बढि कार्यकता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । तश्वीर :कौरव खत्री



प्रतिक्रिया दिनुहोस्