Logo

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह



हेटौँडा, ३१ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उहाँ निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिनुभयो ।

निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी दिन निर्वाचन आयोगले दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार हेटौँडामा सुरु गरेको हो ।

मुख्य निर्वाचन अधिकृतले जिल्लामा आगामी वैशाख ३ गते र निर्वाचन अधिकृतले सम्बन्धित गाउँपालिकामा वैशाख १२ गते कार्यालय स्थापना गरी निर्वाचन प्रक्रिया सुरु गर्ने भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्