Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट



काठमाडौं, ३१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ ।

आज बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले आगामी बैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि प्रस्थान गर्नु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्