Logo

माँग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी



काठमाडौं, ३१ चैत । तिङ्ला स्वायत्त गाँपालिका संघर्ष समितिले सोलुखुम्बुको साविकको तिङ्ला गाविसको स्थानीय पूर्नसंरचना गर्दा सोलु दु.न.पा को २ वटा वडालाई गाभ्ने सरकारको निर्णय आफूहरुलाई मान्य नभएको भन्दै निर्णय नसच्याए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो चेतावनी दिएको हो । समितिले तिङ्ला गाविसको स्थानीय पूर्नसंरचना सम्बन्धमा जिल्ला प्राविधिक सहयोग समिति, जिल्लाका राजनीतिक दल र स्थानीय सरोकारबीचको छलफलमा सोलु दु.न.पा को २ वटा वडा हुेगरि सिफारिश भएको र उक्त निर्णय कार्यान्वयनको लागि आयोगलाई सिफारिश भएको दाबी गरेको छ ।

समितिका संयोजक बालकुमार कार्कीद्धारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘हाम्रो आग्रह अर्थात स्थानीय जनताको भावना विपरित सरकारले ०७३ चैत्र २७ गतेको निर्णय अनुसार नेता, सल्यान गाउँपालिकामा जबरजस्ती गाभिएको कारण विगत लामो समयदेखि शतप्रतिशत स्थानीयवासीले अस्विकार गरी आन्दोलन गरिरहेका छन् ।’ उनले सरकारले स्थानीय जनताको मनोभावना विपरित निर्णय गरेको आरोप लगाउँदै उक्त निर्णय नसच्याए आफुहरुले स्थानीय तहको निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिए ।

त्यस्तै केन्द्रमा पनि सरकारका सम्बन्धित सबै निकायहरुमा आफूहरुले ज्ञापनपत्र बुझाईसकेको संघर्ष समितिका सदस्य नैनबहादुर कार्कीले बताए ।
समितिको तर्फबाट अर्का सदस्य ललितकुमार कार्कीले पनि आफ्नो धारणा राखेका थिए ।

उनीहरुले आफ्ना माग पूरा नभएसम्म तिङ्ला गाविस (साविक)मा स्थानीय तहको निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरु बहिष्कार गर्ने लगायतका आन्दोलनका कार्यक्रम पनि गर्ने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्