Logo

प्रधानमन्त्री दाहालद्धारा ‘पशुपतिमा सात दिन’ विमोचित



काठमाडौं, ३१ चैत । पशुपतिनाथ मन्दिरमा पहिलोपटक नेपाली मुल भट्ट बनेका (सात दिन मात्र ) डा. विष्णु दहालद्वारा लिखित पशुपतिमा सात दिन नामक पुस्तकको आज लोकार्पण गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा उक्त पुस्तकको आज राजधानीमा विशेष कार्यक्रमकावीच लोकार्पण गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तीन ‘पति’ बाट झस्कने गरेको बताएका छन् । दाहालले तीन ’पति’ “राष्ट्रपति, सेनापति र पशुपति” ले आफूलाई झस्काउने गरेको बताए ।

प्रचण्डले आफ्नो पहिलो सरकारका वेला पशुपतिमा मुलभटट नियुक्त गरेका डा। विष्णु दाहालले त्यसमै केन्द्रीत रहेर लेखेको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा पशुपति, सेनापति र राष्ट्रपतिबारे गरेका निर्णयहरु विवादित बनेको स्मरण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुले त्यसवेला गरेका तीनवटै निर्णय जनपक्षिय भएपनि केही गल्ती भएको समेत स्वीकारेका थिए । उनले भने,‘म थोरैथोरै झस्किन्छु पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, र म सेनापतिको बारेमा कुरा गर्न पनि झस्किन्छु,।’

 



प्रतिक्रिया दिनुहोस्