Logo

पूर्वराजा ज्ञानेन्द्रको चेतावनी,‘दलहरुले विखण्डनको विउ रोपे’



काठमाडौं, ३१ चैत । राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुलाई आफ्ना नातीको व्रतबन्धका अवसरमा भव्य पार्टी दिएका पूर्व राजा ज्ञानेन्द्र शाहले त्यसको एक साता नवित्दै तीनै दलका नेताहरुको चर्को आलोचना गरेका छन् ।

नयाँ बर्ष २०७४ को शुभकामना सन्देश दिँदै शाहले २०६३ सालमा जनचाहानाको आत्मसाथ गर्दै आफुले राजगद्धि छोडेर हिँडेपनि अपेक्षा अनुसार राजनीतिक दलहरुले मुलुकलाई सम्बृद्धितर्फ लैजान नसकेको आरोप लगाएका छन् । उनले मुलुकमा शान्ति, सम्बृद्धि र सहमति कायम हुन नसकेको तथा विखण्डनको विउ रोपिएकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले शन्देशमा राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनुसार संसद पूनस्र्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्व र संबृद्धिको द्वार खुल्ने अपेक्षा आफुले राखेपनि त्यसो हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् । त्यस्तै शाहले संसद पूनस्र्थापना पछि पुर्व सहमति प्रतिकुल निर्णय हूंदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापुर्वकसाथ दिएको स्मरण गरेका छन् ।

पुर्व राजा शाहले भनेका छन् –‘यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तूलन असन्तूलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मृुल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ । जनताको चाहना वमोजिम शान्ति, स्थिरता र संबृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चूकेको अनूभुति जनताले गर्नू परिरहेको छ ।’

पुर्व राजा शाहले अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानू समयको माग भएको पनि बताएका छन् । उनले प्रश्न गरेका छन् –‘विगत एघार वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजू भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपूगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’

शाहले विगत ११ बर्षमा जन चाहनालाई विचार गरि हिमाल, पहा८ र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरि तदअनूरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हूने स्थिति पैदा भएको बताएका छन् ।

उनले सनातन धर्म र निष्ठामा आधारित जीवन मृुल्यलाई क्षतविक्षत तूल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारणा सामाजिक जीवन आकूल व्याकूल बन्न पूगेको बताएका छन् ।

उनले राजनीतिप्रति असन्तुष्टि जनाउदै राजनीतिक तहमा भएका अनगिन्ति संवाद र सहमति जनसमस्या समाधानमूखी नभएर राजनीति केन्दित हून पूगेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्